NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भेरोनालाई हराउँदै एसी मिलान पुनः शीर्ष स्थानमा

काठमाडौं । भेरेनालाई हराउँदै एसी मिलान पुनः शीर्ष स्थानमा पुगेको छ । इटालिएन सिरी ए अन्तर्गत गएरातिको खेलमा एसी मिलानले ३–१ को जित दर्ज गरेको हो ।

डेभिडले खेलको ३८ औं मिनेटमा गोल भेरोनालाई अग्रता दिलाएका थिए । तर सान्ड्रोले पहिलो हाफको थपिएको तेस्रो मिनेटमा जवाफी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । ४९ मिनेटमा सेन्ड्रोेको गोलबाट पछि परेको भेरेना ८६ औं मिनेटमा एले सान्ड्रोले अर्को गोल गरेपछि ३–१ गोलको अन्तरमा खुम्चिन बाध्य भयो ।

योसँगै एसी मिलान ३६ खेलबाट ८० अंकका साथ शीर्ष स्थानमा छ भने इन्टर मिलान दोस्रोमा । इन्टर मिलानको ७८ अंक छ ।