NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

शुक्रबार पनि सेयर बजार खुल्ने 

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी जेठ १ गतेदेखि शुक्रबारसमेत सेयर कारोबार सञ्चालन हुने निर्णय गरेको छ । नेपाल स्टक एक्सचेन्जको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

अब बजार सोमबारदेखि शुक्रबारसम्म खुला रहने छ । सरकारले जेठ १ गतेदेखि नै साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय भएसँगै सोहीअनुसार सेयर बजार पनि साताको ५ दिन खुल्ने भएको हो ।

नेप्सेले सञ्चालक समितिबाट शुक्रबार समेत बजार खुल्ने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार गर्न गराउन ब्रोकर, लगानीकर्ता र सरोकारवालालाई आग्रहसमेत गरेको छ ।