NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

युद्धग्रस्त युक्रेनमा विदेशी नेताकाे भ्रमण तीव्र

किएभ । युक्रेन युद्धका बीचमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार अचानक युक्रेन भ्रमण गरे र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरे ।

राजधानी किएभमा दुवै नेताले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सबैभन्दा तल्लो तहको युद्ध अपराधका लागि जिम्मेवार रहेको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताए ।

‘यसको उत्तरदायित्व निश्चित हुनुपर्छ, अगाडिबाट रुसी आक्रमणको क्रूरता मैले पहिलोपटक देखेको छु’ यसअघि जस्टिन ट्रुडोले ट्विट गर्दै भनेका थिए, ‘म युक्रेनमा क्रिस्टिया फ्रिल्याण्ड (क्यानाडाली उपप्रधानमन्त्री) र मेलानी जोलिउ (क्यानाडाली विदेशमन्त्री) सँग छु । हामी यहाँ युक्रेन र युक्रेनी जनताको लागि हाम्रो समर्थन व्यक्त गर्न आएका छौं । राष्ट्रपति जेलेन्स्कीलाई हाम्रो सन्देश भनेको क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ ।’

क्यानडाका प्रधानमन्त्रीले युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि कुराकानी गरेका थिए । यसबाहेक ट्रुडोले रुसी आक्रमणबाट ध्वस्त भएको इरपिन सहरको पनि भ्रमण गरे ।

इरपिनका मेयर ओलेक्जेन्डर मार्कुशिनले क्यानडाली प्रधानमन्त्री रुसी सेनाले हाम्रो सहर कसरी ध्वस्त पार्यो भनेर हेर्न आएका थिए । राजधानी किएभमा रुसी आक्रमण कम भएपछि विदेशी नेताहरूको भ्रमण जारी छ ।

क्यानडाका प्रधानमन्त्री जानु अघि क्रोएसियाली प्रधानमन्त्री लेडी प्लान्कोभिक र जर्मन संसदका अध्यक्ष बारबेल बेस पनि किएभ पुगेर जेलेन्स्कीलाई भेटेका थिए ।

क्रोएसियाली प्रधानमन्त्रीसँग भेटपछि जेलेन्स्कीले भने– ‘युक्रेन र क्रोएसियामा एउटै भाषा बोलिन्छ । हामीले रुसमाथिको प्रतिबन्धको दबाब बढाउने र आक्रमणबाट ध्वस्त भएका सहरहरूमा सामान्य जनजीवन पुनर्स्थापना गर्ने विषयमा छलफल गर्यौं । युक्रेनको युरोपेली संघमा प्रवेशको बारेमा पनि कुराकानी भएको थियो ।’

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन आइतबार अचानक युक्रेन पुगेकी छन् । त्यहाँ उनले युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्कालाई भेटिन् । न्यूयोर्क टाइम्सुका अनुसार जेलेन्स्का र जिलको भेट उज्होरोड सहरमा भएको थियो ।

फेब्रुअरीमा रुसी आक्रमणपछि जेलेन्स्का पहिलोपटक देखा परेकी हुन् । उनले भनिन्, ‘हाम्रो देशका लागि अमेरिकाको प्रथम महिला यहाँ हुनु कत्तिको महत्वपूर्ण छ भन्ने हामीलाई थाहा छ ।’

युद्धग्रस्त युक्रेनमा बाइडन पत्नी जिल