NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर 

काठमाडाैं । सोमबार सुनकाे मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रूपैयाँ बढेर  ९८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी स्थिर छ । महासंघका अनुसार आज चाँदी आइतबारकै मूल्य एक हजार २८५ रूपैयाँमा कारोबार भइरहेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष