NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

श्रीमतीको मृत शरीर लिएर एउटै घरमा २१ वर्षसम्म सँगै

बैंकक । थाइल्याण्डमा एक वृद्धले आफ्नी दिवंगत श्रीमतीको शव २१ वर्षसम्म घरमै राखेका छन् । आफ्नी श्रीमतीलाई असाध्यै माया गर्ने ७२ वर्षीय चरनका अनुसार आफ्नी श्रीमतीले एकदिन बोल्छिन् भन्ने आशामा उनले श्रीमतीको शव सँगै राखेका हुन् ।

स्थानीयकाे आग्रह र प्रशासनको हस्तक्षेपपछि गत साता चरनले शवलाई अन्तिम बिदाइ दिएका थिए । यसै क्रममा उनी आफ्नी श्रीमतीको कफिन नजिक गए र भने- ‘मलाई थाहा छ तिमी कतै केही समयको लागि मात्र जाँदैछौ । म आशा गर्दछु, तिमी छिट्टै आफ्नो घर फर्किनेछौं ।’

चरन जनवाचकल नामका यी वृद्धले धेरै वर्षसम्म वरपरका मानिसहरूलाई आफ्नी श्रीमतीको मृत्यु भएको थाहा दिएका थिएनन् ।

चरनलाई बैंककको एक फाउन्डेसनले आफ्नी श्रीमतीको अन्त्येष्टिको लागि तयार पारेको थियो । चरनको घरमा एउटा मात्र कोठा थियो र यो घरनजिकै घना जंगल पनि छ । उनले आफू सुत्ने ओछ्याननजिकै श्रीमतीको शव सुरक्षित राखेका थिए ।

वृद्धले श्रीमतीको शव कफिनमा राखेका थिए । घरमा बिजुली छैन र पनि उनले २१ वर्षसम्म शव कसरी सुरक्षित राखे ? यो आश्चर्य लाग्दो छ ।

चरनले आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र पनि बनाएका थिए । त्यसैले उनीविरुद्ध ठगी वा मृत्यु लुकाउने कुनै मुद्दा दर्ता भएको छैन ।