NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

१२ अंकले बढ्यो नेप्से, १ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन बढेको नेप्से परिसूचक दोस्रो दिन पनि बढेको छ । आज नेप्से १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा बन्द भएको छ ।

आइतबार नेप्से १७.९५ अंक बढेर २२५६.५७ विन्दुमा बन्द भएको थियो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले बढेर ४३९.४७ विन्दुमा बन्द भएको छ ।आज २३३ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत बढेको छ।  त्यसैगरी, यस दिन लघुवित्तको परिसूचक १.३३ प्रतिशतले बढेको छ । बैंकिङ, वित्त, जलविद्युत, लघुवित्त, उत्पादन, सामूहिक लगानी कोष, अन्यको परिसूचक एक प्रतिशतभन्दा कमले बढेको छ ।

त्यस्तै विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा कम्पनी र लगानीको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ४ करोड ९५ लाखबराबरको सेयर कारोबार भएको छ।

सोमबार पनि जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य १६७ रुपैयाँ २० पैसा बढेर १ हजार ८३९ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन महुली लघुवित्तको शेयरमूल्य ७.७७ प्रतिशत बढेको छ भने उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ६.२७ प्रतिशत बढेको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य ३ प्रतिशत भन्दा बढी घटेका छन्।