NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्धका समयमा लगाएको ज्याकेट बिक्री

किएभ । रुस र युक्रेनबीच दुई महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । लगातार बम विष्फोटका कारण युक्रेनी सहरहरूले विश्वसँगको सञ्चार गुमाएका छन् । पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट बिक्री भएको छ । यस लिलामीबाट संकलित रकम युक्रेनमा फसेका मानिसहरूलाई मद्दत गर्न प्रयोग गरिनेछ । लन्डनमा आयोजित कार्यक्रममा जेलेन्स्कीको ज्याकेट लगभग १ लाख १० हजार अमेरिकी डलरमा बिक्री भएको हो ।

यो लिलामी लन्डनस्थित युक्रेन दूतावासले आयोजना गरेको हो । मिडिया रिपोर्टका अनुसार ज्याकेटको प्रारम्भिक मूल्य करिब ६० हजार ६ सय डलर राखिएको थियो ।

त्यसपछि बेलायती राष्ट्रपति बोरिस जोनसनले युक्रेनीहरुलाई सहयोग हुने भन्दै नागरिकहरुलाई ज्याकेट अधिकतम मूल्यमा किन्न आग्रह गरेका थिए । यसपछि ज्याकेटको मूल्य बढाएर बिक्री भएको हो ।