NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

अनुहारको पोतो हटाउने घरेलु विधि

काठमाडौं । छाला सफा र सुन्दर होस भन्ने चाहना सबैलाई हुन्छ । तर हाम्रो चाहनाका बावजुद पनि अनुहारमा विभिन्न कारणले कालो दाग, पोतो, चाया आउँछ । पोतोले हाम्रो सुन्दरता मात्र होइन, आत्मबल पनि घटाउँछ । त्यसैले अनुहारमा चमक ल्याउन र दाग, पोतो हटाउन विभिन्न विधि अपनाउन सक्छौं ।

घामकाे विकिरण, हर्माेनकाे असन्तुलन, पेटसम्बन्धी समस्या वा अन्य कुनै शारीरिक समस्याका कारण पाेताे देखिन सक्छ ।

घ्यूकुमारीको जेल कालो पोतो, चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । घ्यूकुमारीको उपयोग छालाका लागि अत्यन्त प्रभावकारी मानिन्छ ।

बेसार, चुत्रोको बोक्रा घोटेर लगाउनाले समेत सामान्य कालो पोतो हटाउन मद्दत गर्छ ।

कुनै खास कारण नभएर देखिने कालो पोतोमा भने घरेलु उपचार पर्याप्त हुने डाक्टरहरु बताउँछन् । घरमै मुसुरो दालको पिठो एक चम्चा, काँक्रोको लेदोकाे पेस्ट बनाएर पनि लगाउन सकिन्छ ।

याेग, व्यायामले पनि पाेताे हटाउन सहयाेग गर्छ । शारीरिक व्यायाम गर्दा पसिना आउने भएकाले पसिनाकाे माध्यमबाट शरीरकाे विषाक्त पदार्थ बाहिर निस्कन्छ र छाला सफा हुन्छ ।

अनुहार सफा गर्ने र पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने । उक्त पेस्टलाई पोतो आएको ठाउँमा प्याक बनाएर लगाउने र १०–१५ मिनेटपछि चिसोपानीले पखाल्ने गरे पोतो हराउन सहयोग पुग्छ ।