NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जिम्बावेविरुद्ध सानदार जित निकाल्दै एकदिवसीय सिरिजमाथि नेपालको कब्जा

काठमाडौं । टेस्ट खेलाडी समावेश रहेको जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृंखला (सिरिज) नेपालले जितेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तेस्रो खेलमा ६ विकेटको सानदार जित निकाल्दै नेपालले श्रृंखला जितेको हो ।

एकदिवसीयको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गर्दै सिरिजमा बराबरी गरेको थियो ।

तर, आजको तेस्रो तथा अन्तिम खेलमा नेपालले जित निकाल्दै सिरिजमाथि २–१ ले कब्जा जमाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक नै बनाउँदै अविजित ६० रन जाेडे ।

यसैगरी, नेपालको जितका लागि आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बनाए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाएको थियो ।

२१४ रनको लक्ष्य पछ्याएको नेपालले ३०.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

यसअघि नेपालका लागि डेब्यु गरेका किशोर महतोले ५, सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रले समान १ विकेट लिएका थिए ।

आजको खेलमा ५ विकेट लिएका किशोर म्यान अफ दि म्याच भए भने करण प्लेयर अफ दि सिरिज घोषणा भए ।

नेपाल र जिम्बावे ‘ए’बीचको टि–२० श्रृंखला भने बराबरी भएको थियो । एक खेल जिम्बावेले जित्यो भने अर्को खेल नेपालले जितेको थियो । निर्णायक एउटा खेल भने वर्षाका कारण रोकिएको थियो ।

दीपेन्द्रले बनाए अर्धशतक, नेपाल जितनजिक