NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपाललाई सिरिज जिताउन निर्णायक खेलमा कुन खेलाडीले कस्तो खेले ?

काठमाडौं । टेस्ट खेलाडी समावेश रहेको जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृंखला (सिरिज) जिताउने क्रममा नेपालका धेरै खेलाडीले उत्कृट प्रदर्शन गरेका छन् ।

डेब्युमै पाँच विकेट लिएर सनसनी मच्चाएका किशोर को हुन् ?

आज भएको निर्णायक खेलमा डेब्यु गरेका किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । प्लेयर अफ दि म्याचसमेत भएका उनले ७ ओभर बलिङ गर्दै ४३ रन दिएर ५ विकेट लिन सफल भए । उनले एक ओभर मेडन पनि फालेका थिए ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए । उनले बिष्फोटक ब्याटिङ गर्दै ६१ बलमा ८४ रन बनाएका हुन् । कुशलले ४ छक्का र ७ छक्का प्रहार गरे ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक नै बनाउँदै अविजित ६० रन जोडे । उनले ४३ बलको सामना गर्दै ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसैगरी, नेपालको जितका लागि आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बनाए ।

यसैगरी, बलिङतर्फ सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रले समान १ विकेट लिए ।

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ दि सिरिज भए ।

जिम्बावेविरुद्ध सानदार जित निकाल्दै एकदिवसीय सिरिजमाथि नेपालको कब्जा