NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्यु

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा (एमाले) बाट उम्मेदवार बनेका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो रोगबाट पीडित थिए ।

यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

चुनाव प्रचारको सिलसिलामा बिरामी परेका चौधरीलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष