NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बुटवलमा उम्मेदवारको सवारीसाधन तोडफोड

नरसिंह बडाल (नागरिक पत्रकार) बुटवल । रूपन्देहीमा गएराति एक उम्मेदवारको सवारीसाधनमाथि तोडफोड गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१२ का एमाले वडाध्यक्ष उम्मेदवार देवी रेग्मीको गाडीमाथि सोमबार राति ८ बजे आक्रमण भएको हो ।

रेग्मी सवार बा २० च ६७८५ नम्बरको गाडीमा स्कुटरमा सवार तीन जनाको समूहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ ।
ढुंगामुढाबाट वडाध्यक्ष रेग्मी चढेको गाडीको सिसा फुटेको छ ।

आक्रमणपछि तीनै जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बुटवल गृहमन्त्री बालकृष्ण खाणँको गृहनगर हो ।