NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

तालिबानद्वारा मारिएका पत्रकारसहित चार जनाले जिते पुलित्जर पुरस्कार

काठमाडौं । पत्रकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने पुलित्जर पुरस्कार यस वर्ष सोमबार घोषणा गरिएको छ । यो पुरस्कार तालिबानको आक्रमणमा मारिएका भारतीय फोटोपत्रकार दानिश सिद्दिकीले जितेका छन् ।

दानिशसहित चार रोयटर्स फोटो पत्रकार अमित डेभ, अदनान अबिदी र साना इरशाद मट्टु यस वर्षको पुलित्जर विजेताहरूको सूचीमा परेका छन् । यी सबै पत्रकारलाई भारतमा कोरोना महामारीका बेला खिचिएका तस्बिरका लागि यो अवार्ड दिइएको हो ।

यसअघि सन् २०१८ मा दानिश सिद्दिकीले रोहिंग्या मुस्लिमको संकटमा खिचिएको तस्बिरका लागि पनि पुलित्जर पुरस्कार पाएका थिए । यसबाहेक युक्रेनी पत्रकारहरूलाई पुलित्जर इन्स्टिच्युटले चरम परिस्थितिमा काम गरेकोमा प्रशंसापत्र पनि दिएको थियो ।

साथै गत जनवरी ६ मा अमेरिकाको क्यापिटल हिल आक्रमण र अफगानिस्तानमा तालिबान सत्तामा फर्किएको घटनाको कभरेज गर्ने पत्रकारको कामको पनि प्रशंसा गरिएको थियो ।

यस वर्ष १६ जुलाईमा अफगानिस्तानमा अफगान सुरक्षा बल र तालिबान लडाकुहरूबीचको युद्धको फोटो खिच्ने क्रममा दानिश सिद्दिकी मारिएका थिए ।

उनी अफगानिस्तानको विशेष बलसहित कान्दाहार प्रान्तमा थिए, उनले त्यहाँबाट अफगान कमाण्ड र तालिबान लडाकुहरुबीचको द्धन्द्धको रिपोर्टिङ गरिरहेका थिए ।