NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दोर्दी खोला जलविद्युतको आइपिओमा आवेदन दिने समय लम्बियो

काठमाडाैं । दोर्दी खोला जलविद्युतको आइपिओमा आवेदन दिने समय लम्बिएको छ । आइपिओमा  मागेको जत्ति आवेदन नपरेपछि जेठ ५ गतेसम्मको लागि समय थप गरेको कम्पनीले जनाएकाे छ ।

कम्पनीले वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको हो । जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार ९१ र ८० गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउनेछन् ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १०५ सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी कियर नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ । कम्पनीको आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष