NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हालाण्डलाई सिटीले अनुबन्ध गर्न लागेको कति सत्य ?

काठमाडौं । नर्वेजियन युवा स्ट्राइकर अर्लिङ हालाण्डलाई लिएर अहिले फुटबल बजार तातिरहेको छ । उनी इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध हुने विषयले फुटबल बजार तातेको हो ।

जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर हालाण्ड सिटी जाने भन्ने समाचार बाहिरिएको छ । बेलायती सञ्चारमाध्यमहरूले हालाण्ड र सिटीबीच अनुबन्धको लागि सहमति बनेको दाबी गर्दै समाचार छापेको हो ।

सिटीले हालाण्डसँग पाँच वर्षको सम्झौता गर्ने एथ्लेटिक्स युकेले जनाएको छ । सिटीले यसै हप्ता हालाण्डलाई सार्वजनिक गर्ने उसको दाबी छ ।

२१ वर्षीय हालाण्ड २०२० मा अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट डर्टमण्ड गएका थिए ।

उनलाई भविश्यको सुपरस्टारको रुपमा लिइएको छ । यद्यपि, हालाण्डले अहिलेसम्म आफ्नो देश नर्वेलाई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि छनोट गराउन सकेका छैनन् ।

सर्वाधिक सफल क्लब युनाइटेड च्याम्पियन्स लिगमा त के युरोपा लिगमा समेत छनोट हुन सकेन – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष