NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

लागुऔषधसहित २ जना पक्राउ

काठमाडौं । लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र २६ वर्षीय थल बहादुर तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय धादिङले उनीहरुलाई करिब २० किलो लागूऔषधसहित मंगलबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार किराना चोकबाट आदमघाटतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरु पक्राउ परेका हुन ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।