NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बाबुरामको गृहनगरमा जसपा र एमालेबीच चुनावी तालमेल

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच चुनावी तालमेल हुने भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा उनकै पार्टी जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो ।

जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराई पछिल्लो समय एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कटाक्ष गर्दै आएका छन् । तर, चुनावी स्वार्थका लागि उनकै पार्टीले एमालेसँग सहकार्य गर्ने भएको छ ।

हेरौं हस्ताक्षर पत्र :