NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चुनावअघि मौन अवधि : के छ विश्वभर अभ्यास ?

काठमाडौं । विश्वका केही देशमा निर्वाचनमा मतदान हुनुभन्दा केही समय अगाडिदेखि चुनावी प्रचार प्रसारमा प्रतिबन्ध लगाइन्छ । यस नियमअन्तर्गत स्लोभेनिया, पोल्यान्ड, नेपाललगायतका देशमा निर्वाचनको दिन मानिसहरुलाई निश्चित उम्मेदवार वा राजनीतिक दललाई मतदानका लागि मनाउन प्रयास गर्न निषेध गरिएको छ ।

कतिपय क्षेत्राधिकारहरुले कानुनी रुपमा ‘चुनावी मौनता’ वाक स्वतन्त्रतासम्बन्धी कानुनको उल्लंघन भएको घोषणा गरेका छन् । यद्यपि यो विश्वका केही प्रजातान्त्रिक मुलुकहरुमा ‘चुनावी अभियानलाई सन्तुलनमा राख्न र स्वतन्त्र मतदानको वातावरण कायम गर्न’ प्रयोग गरिन्छ । मौन अवधिलाई ‘ब्ल्याकआउट पिरियड’ पनि भनिन्छ ।

केही देशहरुमा शुन्य समय सीमित रुप सञ्चालन हुन्छ । ती देशमा मिडियालाई मतदानको दिनमा राजनीतिक दल, निर्वाचन गतिविधिहरुमा टिप्पणी गर्न प्रतिबन्ध लगाइन्छ र जनमत सर्वेक्षणको प्रकाशन पनि गर्न पाइँदैन ।

अमेरिकामा सन् १९९२ देखि निर्वाचनको दिनमा पनि मतदान केन्द्र वरपर सानो क्षेत्रमा प्रचार गर्न अनुमति दिन्छ । भाषणमा भने त्यस्तो कुनै प्रतिबन्ध लाग्दैन ।

बुल्गेरियामा संवैधानिक अदालतले सन् २००९ यता चुनावको मौन अवधि र मत सर्वेक्षणमा प्रतिबन्ध लगाउनु दुवै अभिव्यक्ति स्वतन्तत्रताको उल्लंघन भएको निर्णय गरेको थियो । त्यसयता बुल्गेरियामा निर्वाचनमा मौन अवधि हुँदैन । त्यस्तै हंगेरीमा सन् २००७ देखि मत सर्वेक्षणमा प्रतिबन्ध लगाउनु असंवैधानिक मानिए पनि मौन अवधि भने कायमै छ । स्लोभेनियामा पनि सन् २०११ देखि मत सर्वेक्षणमा प्रतिबन्ध लगाइएको छैन ।

स्लोभेनियामा सन् २०१६ सम्म निर्वाचनको दिनमा उम्मेदवारबारे कुनै पनि उल्लेख निषेध गरिएको थियो । सामाजिक सञ्जाल, अनलाइनमा पार्टी एवं उम्मेदवारहरुको सकारात्मक वा आलोचनात्मक भनाइहरु प्रकाशित गर्ने, त्यसबारे टिप्पणी गर्नेहरुलाई कारबाही गरिन्थ्यो । दुई दशकभन्दा बढी मिडिया र मतदाताहरुले चुनावको अघिल्लो दिन र चुनावको दिन राजनीतिको बारेमा कुरा गर्न पाएनन् । सन् २०१६ मा सर्वोच्च अदालतले ‘प्रत्येक विचार प्रचार होइन’ भन्ने निर्णय गरेपछि उक्त नियम हटाइयो ।

यीबाहेक, अफगानिस्तान, अर्मेनिया, अजरबैजान, बरबाडोस, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, पाकिस्तान, पेरुमा निर्वाचन अघि २४ घण्टा मौन अवधिको समय हुन्छ ।

त्यस्तै अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, साइप्रस, चेक रिपब्लिक, इजिप्ट, फिजी, फ्रान्स, ग्रीस, भारत, इन्डोनेशिया, मोनेटेग्रो, मोजाम्बिक, श्रीलंकामा निर्वाचन अघि ४८ घण्टाको समयमा चुनावी अभियान गर्न रोक लगाइन्छ । क्रोएशियामा मतदान हुने दिन राति १२ बजेदेखि मतदान नसकिँदासम्म प्रतिबन्ध लागू हुन्छ ।

त्यस्तै, बेलायतमा मतदान केन्द्रहरु खुलेपछि प्रसारण मिडियाले कुनै पनि अभियान गतिविधिका रिपोर्ट बनाउन पाउँदैनन र मतदान बन्द नभएसम्म एक्जिट पोल वा त्यससँग मिल्दोजुल्दो कुनै पनि कुरा प्रकाशित गर्न निषेध गरिएको छ । यद्यपि, उम्मेदवार र दलहरुले भने प्रचार गर्न सक्छन् ।

चुनाव चिन्ह : विश्वका कुन देशमा कस्तो अभ्यास ?