NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

अमेरिकामा कोरोना भाइरसबाट एक करोड ३० लाख बालबालिका संक्रमित

वाशिंटन । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको सुरुवातदेखि  अमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ ।

सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२,००० भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ, जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो ।

विगत ४ हप्तामा झण्डै १८६,००० बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सन् २०२२ मा करिब ५२ लाख बालबालिकामा सङ्क्रमण थपिएको प्रतिवेदनले देखाएको छ ।

नयाँ भेरियन्टहरूसँग सम्बन्धित रोगको गम्भीरताका साथै सम्भावित दीर्घकालीन प्रभावहरू मूल्यांकन गर्न थप उमेर(विशिष्ट डेटा संकलन गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

बालबालिकाको स्वास्थ्यमा महामारीको तत्काल प्रभावहरू छन् भनेर पहिचान गर्नु महत्त्वपूर्ण र हामीले यस पुस्ताका बालबालिका र युवाहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा दीर्घकालीन प्रभावहरू पहिचान र सम्बोधन गर्न आवश्यक छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।