NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चुनावका दिन पर्यटन बोर्डले सटल बस सेवा दिने, कहाँ–कहाँ छ रुट ?

काठमाडौं । शुक्रबार स्थानीय तहको निर्वाचनका दिन नेपाल पर्यटन बोर्डले पर्यटकका लागि सटल बस सेवा दिने भएको छ ।

निर्वाचनका दिन काठमाडौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायात असुविधालाई मध्यनजर गर्दै बोर्डले यो सेवा दिने भएको हो ।

पर्यटक प्रहरी तथा नेपाल टुरिस्ट भेहिकल एसोसिएसन(एनटिभिए) र टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिब्यान) को सहयोगमा सटल बस सञ्चालन हुन लागेका हो ।

यसअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतको लागि विभिन्न रुटमा सटल बस सञ्चालन हुनेछन् । सटल बस सेवा लिएबापत तीन सय रूपैयाँ शुल्क लाग्नेछ ।

कुन–कुन रुटमा चल्छ ?

रुट – १

त्रिभुवन विमानस्थल–नेपाल वायुसेवा निगम–होटल अन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक– लैनचौर चोक– शंकर होटल– एम्बासडर होटल–त्रिभुवन विमानस्थल

रुट – २

त्रिभुवन विमानस्थल–होटल र्याडिसन– सांग्रिला होटल, नारायण गोपाल चोक– महाराजगंज चोक–हायार रिजेन्सी–चाबहिल चोक– होटल द्वारिका–विमानस्थल

रुट– ३

त्रिभुवन विमानस्थल–तीनकुने चोक–होटल एभरेष्ट–माइतिघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–विमानस्थल