NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सुनको मूल्यमा १००० रूपैयाँ गिरावट

काठमाडाैं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार छापावाल सुन तोलामा ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँ र आइतबार ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज ३० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २४५ रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी एक हजार २७५ रूपैयाँमा कारोबार भएको थियो ।