NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चीनको उत्पादन मूल्य घट्यो

बेइजिङ । आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पिपिआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्यांक ब्यूरो (एनबिएस)ले बुधबार जनाएको छ ।

ब्यूरोका अनुसार अप्रिलमा पीपीआई सूचकाङ्क अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८ प्रतिशतले बढेको छ । यो तथ्याङ्क यस वर्षको मार्चमा रेकर्ड गरिएको ८.३ प्रतिशत वृद्धिबाट सामान्य कमी हो ।

मार्चमा १.१ प्रतिशत वृद्धिको तुलनामा अप्रिलमा चीनको पिपिआई ०.६ प्रतिशतमा पुगेको छ । एनबीएसका वरिष्ठ तथ्याङ्कशास्त्री डोङ लिजुआनका अनुसार उच्च अन्तर्राष्ट्रिय वस्तुको मूल्यमा आएको वृद्धिका बावजुद सबै क्षेत्र र सरकारी विभागहरूले आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्ने नीतिहरूको दृढ कार्यान्वयनका कारण पिपिआईको मासिक तथा वार्षिक वृद्धि दरमा शितलता देखिएको हो ।

सर्वेक्षण गरिएका ४० औद्योगिक क्षेत्रहरूमध्ये २२ ले अप्रिलमा मूल्य वृद्धिमा कमी आएको बताएका छन् । यो तथ्याङ्कले मार्चको तुलनामा अप्रिलमा एक अङ्कको सुधार देखाएको छ ।

अप्रिलमा कोइला खानी तथा कपडा धुने उद्योगको पीपीआई ५३.४ प्रतिशतले वृद्धि भएको छ । मार्चमा यो क्षेत्रमा ५३.९ प्रतिशतले वृद्धि भएको थियो । एनबीएसका अनुसार गत वर्षको मूल्य चालको बढ्दो प्रभावले अप्रिलमा वर्षेनी पीपीआई वृद्धिमा लगभग ५.९ प्रतिशत अंकको योगदान गरेको छ ।

बुधबारको तथ्याङ्कले मुद्रास्फीतिको मुख्य नाप, चीनको उपभोक्ता मूल्य सूचकांक एक वर्षको अवधिमा अप्रिलमा २.१ प्रतिशतले वृद्धि भएको देखाएको छ ।