NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलबारे । इलाममा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई रहेका छन् ।

मे १ प ६५४४ नम्बरको को मोटरसाइकलले ना ४ ख ५६६९ नम्बरको को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिए ।

घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।