NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

एमाले कार्यकर्तामाथि धादिङका दुई ठाउँमा खुकुरी प्रहार, १५ जना घाइते

काठमाडौं । धादिङमा खुकुरी प्रहारबाट नेकपा (एमाले)का तीन कार्यकर्ता घाइते भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ डाडाँगाउँमा पार्टीको घरदैलो कार्यक्रमको र्यालीमा मंगलबार साँझ ती कार्यकर्तामाथि खुकुरी प्रहार भएको एमालले जनाएको छ ।

आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ का २६ वर्षीय रामशरण श्रेष्ठ, २५ वर्षीय हरि श्रेष्ठ, र ३५ वर्षीय लेकबहादुर बिक गम्भीर घाइते भएको एमालेको दाबी छ ।

साथै, आक्रमणमा १० जनाभन्दा बढी सामान्य घाइते भएको एमालेले जनाएको छ ।

घटनाका घाइतेहरूलाइ सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन अस्पताल लगिएको छ ।

आक्रमणमा नेपाली कांग्रेसका कार्यकर्ताहरूको संलग्नता रहेको त्रिपुरासुन्दरी एमालेले जनाएको छ ।

कांग्रेसबाट वडाध्यका उम्मेदवार बनेका साधुराम भनिने भीमप्रसाद भट्टको आदेशमा एमालेको जुलुसमा खुकुरीले अन्धाधुन्ध प्रहार गरेको एमालेको आरोप छ ।

त्यस्तै, सिद्धलेक गाउँपालिका वडा नं ५ पोखरी सिरानधारमा पनि एमाले कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । उक्त घटनामा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटि सदस्य राजेश श्रेष्ठ र शिव श्रेष्ठ घाइते भएको एमालेले जनाएको छ ।

घटनामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता संलग्न रहेको एमालेको आरोप छ ।

यसैबीच, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले एक विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका छन् ।