NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

स्थानीय निर्वाचन : कुन महानगर-उपमहानगरमा कति छ मतदाता र उम्मेदवार संख्या ?

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारबाट हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । जसअनुसार मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरूसहित १ लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।

यस निर्वाचनबाट ७५३ स्थानीय तहमा ३५ हजार २२१ जना नयाँ प्रतिनिधि निर्वाचित हुँदैछन् । देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनमा ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । सबैभन्दा बढी मतदाता संख्या काठमाडौंमा रहेको छ भने सबैभन्दा कम ललितपुरमा रहेका छन् ।

कुन महानगरमा कति छन् मतदाता र उम्मेदवार ?

विराटनगर महानगरपालिका

प्रदेश १ को एकमात्र महानगर विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुखसहित कुल ९७ जना निर्वाचित हुनेछन् । १९ वडा रहेको विराटनगर महानगरपालिकामा प्रमुख र उप्रमुख २-२ वडाध्यक्ष १९, वडा सदस्य ७६ गरी कुल निर्वाचित हुने सदस्य ९७ जना रहेका छन् । यस महानगरमा कुल १ लाख ३३ हजार १४२ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकामा प्रमुख र उप्रमुखसहित ३२ वडाध्यक्ष, १२८ वडा सदस्य गरी कुल १६२ निर्वाचित हुँदैछन् । यहाँ कुल मदताता १ लाख २४ हजार ६४७ रहेका छन् ।

काठमाडौं महानगरपालिका

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरापलिकामा प्रमुख र उपप्रमुखसहित ३२ वडाध्यक्ष, १२८ वडा सदस्य गरी कुल १६२ जना निर्वाचित हुँदैछन् । सबैभन्दा धेरै मतदाता संख्या पनि यसै महानगरमा रहेको छ । यहाँको कुल मतदाता संख्या ३ लाख २४२ रहेका छन् ।

ललितपुर महानगरपालिका

ललितपुरको कुल मतदाता संख्या १ लाख २२ हजार ८९० रहेको छ । २९ वडाध्यक्ष, ११६ वडा सदस्य गरी कुल निर्वाचित हुने १४७ जना रहेका छन् ।

भरतपुर महानगरपालिका

राजनीतिक रूपले महत्वपूर्ण र चर्चामा रहेको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखसहित २९ वडाध्यक्ष, ११६ वडा सदस्य गरी कुल निर्वाचित १४७ जना हुनेछन् । यहाँको कुल मतदाता संख्या १ लाख ८५ हजार ७५२ छन् ।

पोखरा महानगरपालिका

काठमाडौंपछिको दोस्रो ठूलो महानगर पोखरा महानगरपालिकामा कुल मतदाता २ लाख ७७ हजार १२ रहेका छन् । प्रमुख र उपप्रमुखसहित ३३ वडाध्यक्ष, १३२ वडा सदस्य गरी कुल १६७ जना निर्वाचित हुनेछन् ।

११ उपमहानगरपालिका यस्तो छ उम्मेदवार र मतदाता संख्या :

इटहरी 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष २०
वडा सदस्य ८०
कुल निर्वाचित हुने सदस्य १०२
कुल मतदाता १ लाख ४ हजार ६२६

धरान 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष २०
वडा सदस्य ८०
निर्वाचित हुने १०२
कुल मतदाता १ लाख ३२४

जनकपुर 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष २५
वडा सदस्य १००
निर्वाचित हुने १२७
कुल मतदाता ८६ हजार ७६९

कलैया 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष २७
वडा सदस्य १०८
निर्वाचित हुने १३७
कुल मतदाता ७० हजार ३५६

जितपुर र सिमरा 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष २४
वडा सदस्य ९६
निर्वाचित हुने १२२
कुल मतदाता ७० हजार ६४

हेटौंडा 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष १९
वडा सदस्य ७६
निर्वाचित हुने ९७
कुल मतदाता १ लाख ४४ हजार ७३

बुटवल 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष १९
वडासदस्य ७६
निर्वाचित हुने ९७
कुल मतदाता ९० हजार ६५

घोराही 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष १९
वडासदस्य ७६
निर्वाचित हुने ९७
कुल मतदाता १ लाख १२ हजार ९२७

तुलसीपुर 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष १९
वडा सदस्य ७६
निर्वाचित हुने ९७
कुल मतदाता १ लाख ७ हजार ६७७

नेपालगञ्ज 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष २३
वडा सदस्य ९२
निर्वाचित हुने ११७
कुल मतदाता ८१ हजार ७९४

धनगढी 

प्रमुख र उपप्रमुख २
वडाध्यक्ष १९
वडा सदस्य ७६
निर्वाचित हुने ९७
कुल मतदाता ९३ हजार १५१ ।

ताजा अपडेट

नेपालवाच विशेष