NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

होण्डा बाइक किन्दा ७ लाख जित्न सकिने, स्क्राचबाट १ लाखसम्म क्यासब्याक

काठमाडाैं ।  नेपालको लागि होण्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

नेपालभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउनसक्ने यो योजनाअन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूमध्ये प्रत्येक प्रदेशबाट एक(एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकले लक्की ड्रमार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले नगद ७ लाख नगद उपहार पाउनेछन् । स्याकार इन्भेष्टमेन्टमार्फत हुने १ प्रतिशत ईएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । योजना २०७९ वैशाख २५ देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ ।

होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।