NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
प्रमुख निर्वाचन आयुक्तलाई ५ प्रश्न

मतपेटिका संकलन भएको १ घण्टामा गणना सुरु गर्छौ, ५ दिनभित्रै सबै नतिजा ल्याउँछौ : दिनेशकुमार थपलिया [अन्तर्वार्ता]

काठमाडौं । ३० वैशाखमा ७५३ स्थानीय तहमा निर्वाचन हुृँदैछ । २०७४ सालमा तीन चरणमा यी स्थानीय तहका निर्वाचन भएको थियो । तर यसपटक एकैचरणमा स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचनको क्रममा अहिले प्रचारप्रसार गर्न नपाइने मौन अवधि छ । मौन अवधिको पालना, बदर मत घटाउने, आयोगको तयारी, परिचयपत्र बाहेकको भोटिङ अधिकार, मतगणनाको परिणामसहितका विषयमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालवाचले गरेको ५ प्रश्नमा उनको जवाफ :

१. मौन अवधिमा आचारसंहिता उलघंन भयो भने सचेत मतदाताले कसरी उजुरी गर्ने ?

मौन समय मौन बस्ने समय हो । यस्तो समयमा आचारसंहिता विपरीतका कुनै पनि काम भए, उम्मेदवार, प्रतिनिधि, आफन्त वा कुनै पनि व्यक्ति मतदातासमक्ष कानुनले बर्जित गरेको कुनै पनि प्रस्ताव बोकेर, आचारसंहिताले स्वीकार नगर्ने कुनै पनि किसिमको आश्वासन बोकेर आयो भने त्यसको निम्ति तपाईंहरूले मौखिक रुपमा लिखित रुपमा टेलिफोन गरेर, घटनाको भिडियो खिचेर स्थानीय प्रशासनलाई, निर्वाचन अधिकृतको कार्यालयलाई तपाईंको गाउँटोलमा आउनभएको मतदान अधिकृत सहायक मतदान अधिकृतलाई, निर्वाचन आयोगलाई जिल्ला निर्वाचन कार्यालयलाई वा हामी कसैलाई खबर गर्न सक्नुहन्छ । हामी यस्ता गतिविधि नियन्त्रण गर्छौ । कानुन बमोजिम कारबाही गर्छौ । तपार्ईं आफू पनि त्यसबाट बञ्चित हुने किमिसको काम नगर्नुस् । हरेक मतदाताले यस्ता कामबाट जोगाउनुस् । तपाईंलाई अपवित्र बनाउन खोज्नेलाई सूचना दिएर कारवाहीको कठघरामा ल्याउनको निम्ति प्रयत्न गर्दिनुस् ।

२ .अघिल्लो स्थानीय तह निर्वाचनमा बदर मत धेरै थियो । बदर मत घटाउन मतदाताले के–के गर्नुपर्छ ?

मतपत्र कस्तो छ भनेर नमूना दिइसकका छौं । नमुना हेरेर मतदाताले चिन्तन गर्न सक्नहुन्छ । दुई दिन मतदान केन्द्रमा मतदातालाई शिक्षालाइ जोडेका छौं । त्यहीको मतपत्रको नमूना राखेर यति उम्मेदवार छन्, यसरी मतदान गर्नुपर्छ । यसरी मतदान गर्दा सदर हुन्छ । यस्तो यस्तो भयो भने बदर हुन्छ भनेर जानकारी गराउँछौं । आफैं उपस्थित भएर यो सिक्न सकिन्छ ।

आफ्नो मतलाई गोप्य राखेर उहाँहरुले सोधेर जाँचबुझ गरेर मतदान गर्ने अधिकार छ । जसले मतदान गर्न जान्दै जान्नुहुन्न उहाँहरुले मतदान अधिकृतलाई आफ्नो निर्वाचन चिन्हमा यहाँनेर छ मतदान गर्दिनुस भनेर देखाएर मत बदर नहुने उपाय अबलम्बन गर्न सक्नुहुन्छ ।

संचारमाध्य र युट्युवमार्फत पनि हामीले मत बदर नहुनेसम्बन्धी धेरै सामग्री दिएका छौं । मोबाइलबाट हेरेर पनि जानकारी लिन सक्नहुन्छ । विभिन्न संघ संस्था निकाय क्रियाशील छन् । महिला समूह,युवा क्लबसहितका संस्था छन् । जानेकाले सिकाउन सक्छन् । धेरै विद्यार्थी भाइबहिनी हुनुहुन्छ, उहाँहरूले सिकाउन सक्नुहुन्छ । अभिभावक, आमाबुबा, दाजुदिदीहरूलाई मतदानको लागि प्रेरित गर्न पनि सक्नुहन्छ । मतदानको दिन केन्द्रमा आउनेले विवेकको मत प्रयोग गर्दै गर्दा कहाँनेर कन्फ्युजन हुन्छ मतदान अधिकृतलाई सोध्न सक्नुहुन्छ । आफ्नो मतलाई गोप्य राखेर उहाँहरुले सोधेर जाँचबुझ गरेर मतदान गर्ने अधिकार छ । जसले मतदान गर्न जान्दै जान्नुहुन्न उहाँहरुले मतदान अधिकृतलाई आफ्नो निर्वाचन चिन्हमा यहाँनेर छ मतदान गर्दिनुस भनेर देखाएर मत बदर नहुने उपाय अबलम्बन गर्न सक्नुहुन्छ । मतदान गर्न जानु एउटा महत्वपूर्ण विषय हो । गरेको मत बदर नहुनु अर्को बढी महत्वपूर्ण विषय हो । यसैले अत्यन्तै विकेकपूर्ण अत्यन्तै चनाखो भएर मतदान गरौं । साथसाथमा यदि हामीलाई कुनै स्पष्ट भयो भने तत्काल मतदान गरौ । अस्पष्ट भयो भने बिगार्ने गरी मतदान गर्नुभन्दा सोधेर स्पष्ट भएर मतदान गरौं ।

३. चुनावको दिन यसपटक पानी पर्ने सम्भावना रहेको बताइन्छ । यस्तोमा आयोगले मौसमलाई हेरेर कस्तो तयारी गरेको छ ?

स्थानीय तहको समन्मिवा, त्रिपाल, पाल, प्लास्टिट वा अन्य वस्तु उपलधब्ध गराएर मतदानस्थमा पुगेका मतदाताले कुनै असहज नगरीकन, जस्तोसुकै विपत आइलागे पनि जतिसुकै ठूलो पानी परे पनि असिना झरे पनि सहयोग गर्न भनिसकेका छौं । हाम्रो तर्फबाट सतर्कता छ । हाम्रा धेरैजसो मतदान स्थल, मतदान केन्द्र सार्वजनिक भवन, सामुदायिक विद्यालयमा छन् । त्यहाँ गइसकेपछि मतदातालार्य सुरक्षित हिसाबले रहने अवस्था हुन्छ । साथसाथै हामीसँग भएका छाता, घुम, छत्रि, प्लास्टिक, अरु ओढ्ने वस्तु होलान् लिएर सुरक्षितसाथ जानुहोस् । पानी पर्यो । अथवा चट्याग पर्यो, मौसम बिग्रियो भनेर पाँच वर्षमा प्रयोग गर्न पाउने अधिकारबाट बञ्चित नहोउँ ।मतदान केन्द्रमा सुरक्षा र सहयोग गर्नुहुन्छ । सहजकीकरण गर्नुहुन्छ । सतर्कताको साथ सहभागी बर्नौं ।

४. मतदाता परिचयपत्र नहुनेले कसरी भोट हाल्न पाउँछन् ?

मतदाता परिचयपत्र आयोगले उपलब्ध गराएको छ। मतदाता नामावलीमा नाम भएका व्यक्तिलाई मतदाता परिचयपत्र दिइन्छ । २०७४ सालपछि थपिएका नयाँ मतदाता र बीचमा परिचयपत्र हराउनुभएको थियो भने प्रतिलिपी लिन पाउनुहुन्छ भनेर अनुरोध गरिरकेका छौं । यस्ता परिचयपत्र २९ गतेसम्ममा वितरण गरिसक्छौं ।

धेरै जसो गाउँपालिकाको हकमा दुई दिनभित्र सबैजसो नतिजा आइसक्छ । तर जनसंख्या भएका मतदाता भएकाको हकका तदनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ । पाँच गते अगावै सबै नतिजा निकाल्ने हाम्रो प्रयास हुनेछ ।

तर कोही व्यक्तिसँग यो भन्दा अगाडि लिएको परिचयपत्र छैन भने आयोगले भोलिसम्म नै उपयुक्त निर्णय गरेर जसको मतदाता नामावलीमा नाम छ सबैलाई कुनै पनि परिचयपत्र नागरिकताको प्रमाणपत्र, पासपोर्ट, लाइसेन्स वा आधिकारिक निकायबाट लिएको आधिकारिक प्रमाणपत्र नामावलीसँग मिल्ने फोटोसहितका आधारमा मतदान गर्न पाउने गरी आवश्यक निर्णय गर्छौ । यो निर्णय गरेर पठाउँछौं । २९ गते पाँच बजेभित्रमा हामी यससम्बन्धी निर्णय गर्छौ । तपार्ईंहरू जसको परिचयपत्र छ लिएर जानुस् । नहुनेसँग अर्को कस्तो परिचयपत्र छ जोगाड गरेर राख्नुस् । तपाईंको मतदानको अधिकारलाई आयोगले कुनै पनि हालतमा सुरक्षित गर्छ र मतदान गर्न पाउनहुन्छ ।

५. मतगणनाको परिणाम कहिलेसम्म आइसक्ला ?

मतगणनाका लागि निम्ति सबैभन्दा धेरै मतदाता भएका विषेश गरी महानगरपालिकाहरूमा कम्तिमा पाँचवटा स्थानमा एकैपटक मतगणना गर्ने गरी आवश्यक स्रोत अधिकार क्षमता सबै प्रदान गरेका छौं । मतगणनाको लागि लागि मतपेटिका जम्मा भएको एकघण्टाभित्र मतगणना थालिसक्ने गरी आवश्यक सहमति कायम गर्न भनेका छौं । काठमाडौंको मतगणना सबैभन्दा लामो समयसम्म पहिले हामीले भोगको थियौं ।

आयोगकोसमेत संलग्नतामा आयोगकोसमेत सहजीकरणमा ६ ठाउँमा एकैपटक गणना गर्ने तयारी गरेका छौं । एउटा वडाको मतगणना सक्न बढीमा १५ घण्टा लाग्छ भन्ने हाम्रो अनुमान छ । यही हिसाबले गर्न सक्यौं भने पाँच दिनभित्रमा सबै नतिजा बाहिर ल्याउन सक्छौं । धेरै जसो गाउँपालिकाको हकमा दुई दिनभित्र सबैजसो नतिजा आइसक्छ । तर जनसंख्या भएका मतदाता भएकाको हकका तदनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ । पाँच गते अगावै सबै नतिजा निकाल्ने हाम्रो प्रयास हुनेछ ।