NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

उपत्यकाकै १८५ मतदानस्थल संवेदनशील !

ललितपुर । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले उपत्यकाका १८५ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थल संवेदनशीलको सूचीमा छन् ।

भौगोलिक विकटता, चुनावविरोधी समूहको गतिविधि तथा यातायात, सञ्चार र जनघनत्वको आधारमा मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सुरक्षा खतराको महसुस गरेर मतदानस्थलहरूलाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

ललतिपुरमा ठुलादुर्लुङ, कालेश्वर, गिम्दी, आश्राङलगायतका ३० मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । पहाडी भूगोलका यी क्षेत्र दुर्गम मानिन्छन् । भक्तपुर प्रशासनले पनि २० वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।