NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बैंकमा पनि आइतबार बिदा

काठमाडौं । बैंक तथा वित्तीय संस्था पनि हप्तामा दुई दिन बन्द हुने भएका छन् ।

बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था आइतबार पनि बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ । बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ । जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि ५ः३० बजेसम्म कार्यालय समय हुनेछ । तर कात्तिक १६देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ४ः३० देखि अपराह्न ४ः३० बजेसम्म हुनेछ ।

सेवाग्राहीको एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चिततासहित सेवा प्रवाहको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष