NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

झण्डै एकतिहाइ युक्रेनीले गुमाए रोजगारी

काठमाडौं । युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ ।

संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ– यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ।

आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको, संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ।