NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

तमिल फिल्म बनाउँदै छन् क्रिकेटर धोनी

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी फिल्म निर्माणमा लाग्ने भएका छन् । धोनी तमिल फिल्म उद्योगमा निर्माताको रूपमा डेब्यू गर्न तयार भएका हुन् । यसका लागि धोनीले अभिनेता रजनीकान्तका निकट सहयोगी सञ्जयलाई नियुक्त गरेका छन् । यस फिल्ममा साउथ अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिनेछिन् ।

मिडिया रिपोर्टका अनुसार धोनी अहिले आईपीएलमा व्यस्त छन् र यो सिजनपछि उनले फिल्मको आधिकारिक घोषणा गर्न सक्नेछन् । चलचित्रको छायांकन पनि यसै महिनाबाट सुरु हुनेछ ।

धोनीको तमिल फिल्म उद्योगसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ । क्रिकेटर आफ्नो बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ को प्रमोशनमा पनि संलग्न थिए । उनको बायोपिक धेरै भाषामा एकैपटक रिलिज भएको थियो ।

बायोपिकले दक्षिणी राज्यमा पनि राम्रो व्यापार गरेको थियो ।