NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रिभर फल्स पावरको आइपिओमा एक लाख बढीको आवेदन

काठमाडौं । बुधबार निष्काशित रिभर फल्स पावरको आइपिओमा एक लाख बढीको आवेदन परेको छ । बुधबार ५ बजेसम्ममा १ लाख ७ हजार ६३७ जना आवेदकबाट १३ करोड १७ लाख ४ हजार रुपैयाँ बराबरको १३ लाख १७ हजार ४० कित्ता सेयरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

कम्पनीले बुधबारदेखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको छ । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो ।

उक्त सेयर कम्पनीले छिटोमा जेठ चार र ढिलोमा जेठ ११ गते बन्द गर्ने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।