NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जेठ महिनामा ब्याजदर नबढाउने बैंकर्स संघको सहमति

काठमाडौं । वाणिज्य बैंकले जेठ महिनामा ब्याजदर नबढाउने भएका छन् । बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेसँगै जेठमा ब्याजदर नबढ्ने भएका हुन् ।

वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भद्र सहमति गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर नबढ्ने भएको छ ।

केही समय अघि राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले बैंकको ब्याजदर बढ्ने अभिव्यक्ति दिएका थिए ।