NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सेयर बजार लगातार ४ दिन बन्द, जेठ ३ गतेबाट मात्र खुल्ने

काठमाडाैं । सेयर बजार शुक्रबारबाट लगातार चार दिन बन्द हुने भएको छ । बिहीबार अर्थात आज कारोबारपछि सेयर बजार लगातार चार दिन बन्द हुने भएको हो ।

शुक्रबार स्थानीय तह निर्वाचनको कारण सरकारले सार्वजनिक विदा दिएको छ । त्यसो त शुक्रबार सेयर बजार कारोबार अघिपछि पनि हुँदैन । शनिबार सार्वजनिक बिदा नै पर्छ । सरकारले जेठ १ गतेदेखि हप्ताको दुइ दिन बिदा दिने घोषणा गरिसकेको छ । त्यही कारण पनि आइतवार सार्वजनिक विदा नै परेकाले सेयर कारोबार नहुने भएको छ ।

सोमबार बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक विदा छ । सोमबार पनि सेयर कारोबार हुँदैन । मंगलबार जेठ ३ गतेबाट भने सेयर कारोबार हुने छ ।