NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पूर्वसांसदसहित कांग्रेस भरतपुरका पाँच नेता निलम्बनमा

काठमाडौं । कांग्रेसले पाँचदलीय उम्मेदवारको विरुद्धमा सक्रिय रहेको भन्दै चितवनस्थित भरतपुरका पाँच नेतालाई पार्टीबाट निलम्बन गरेको छ । यसरी निलम्बनमा पर्नेमा पूर्व सांसदसहितका नेता छन् ।

पूर्व सांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य केशव पौडेल छन् । यी सबै भरतपुर महानगरपालिका हुन् ।

तल्लो तहबाटै पार्टी सदस्यबाट निलम्बनमा सिफारिस भइ आएकोले तत्काल लागु हुने गरी निलम्बन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीद्वारा विज्ञप्तिमा उल्लेख छ । उनीहरूले विधान अनुशासन विपरीतका कार्य गरेको आरोप लगाइएको छ ।

भरतपुरमा कांग्रेसलेले गठबन्धन गरी उम्मेदवार उठाएको छ । मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उठेका छन् । तर भरतपुरमा गठबन्धनतर्फ मेयरका उम्मेदवारविरुद्ध कांग्रेसकै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।