NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रचण्डले आचारसंहिता उल्लंघन गरेको र मन्त्रीहरूले पैसा बाँडेको चितवन एमालेको आरोप

काठमाडाैं । शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको ४८ घण्टाअघि नै राज्य सञ्चालनको जिम्मा लिएका भनिएकाहरूबाटै निर्वाचन आचारसंहिताको चरम उल्लंघन भएको भन्दै नेकपा (एमाले) चितवनले आपत्ति जनाएको छ ।

एमालेले प्रेश विज्ञप्तिमार्फत निर्वाचन आचारसंहिता उल्लघंन गर्नेहरूप्रति ध्यानाकर्षण गराएकाे छ । एमालेले माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिमा निर्वाचन आचारसंहितको पालना नगरकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

साथै, चितवन एमालले मन्त्री श्रेष्ठद्वयले पैसा बाँडेको आरोप लगाएकाे छ ।

‘निर्वाचन आचारसंहितको कुनै प्रवाह नगरी भरतपुर मतदाताको घरमा पुगी मत मागेको, मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले आर्थिक चलखेल गरेकोमा सोको छानबिन गरी उक्त कार्य तुरुन्त रोक्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति :

No description available.