NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रिडि र रैराङ हाइड्रोपावर मर्जरका लागि विद्युत नियमनले दियो स्वीकृति, सेयर कारोबार रोक्का

काठमाडौं । रिडी र रैराङ हाइड्रोपावर मर्जरका लागि विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । आयोगले उक्त दुई हाइड्रोपावर मर्ज भएपश्चात संयुक्त चुक्ता पुँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ कायम हुने गरी स्वीकृति दिएको हो ।

यी दुई कम्पनीबीच कातिक १५ गते मर्जरका लागि सहमतिपत्रमा हस्तक्षर गरेको थियो । दुई कम्पनी मर्जरमा जाने प्रक्रियासँगै कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ ।