NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

उडान भर्ने क्रममा धावनमार्गमा विमानमा आगलागी, ४० यात्रु घाइते

काठमाडौं । चीनको चोङकिङ विमानस्थलमा बिहीबार बिहान तिब्बत एयरलाइन्सको विमानमा आगलागी भएको छ । दुर्घटनामा कम्तीमा ४० यात्रु घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चोङकिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर खसेको विमानमा आगो लागेको थियो ।

विमानमा ११३ यात्रु र ९ चालक दलका सदस्य थिए । सबै यात्रुलाई सकुशल बाहिर निकालेर घाइतेहरूलाई अस्पताल लगिएको छ । यो घटनाको भिडियो सार्वजनिक भएको छ । यसमा रनवेमा रहेको विमानमा आगो लागेको स्पष्ट देख्न सकिन्छ ।

विमानबाट धुवाँ निस्किएको पनि देख्न सकिन्छ । अहिले आगो निभाइएको र धावनमार्ग बन्द गरिएको छ । तिब्बत एयरलाइन्सका अनुसार विमान चीनको चोङकिङबाट तिब्बतको न्याङ्ची जाँदै थियो । अचानक विमान धावनमार्गबाट ​​खसेर आगो लागेको थियो ।