NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हिमालयन बैंकले जेठदेखि शनिबार र आइतबार पनि सेवा दिने

काठमाडौं । हिमालयन बैंकले जेठदेखि शनिबार र आइबार पनि सेवा दिने भएको छ ।

सरकारले जेठ १ गतेदेखि साताको दुई दिन विदा गर्ने निर्णय गरेपश्चात राष्ट्र बैंकले सोही अनुसार शनिबार र आइतबार बैंक बन्द गर्ने निर्णय गरेको थियो ।

तर बैंकले विभिन्न शाखामार्फत शनिबार र आइतबार पनि ग्राहकलाई सेवा दिने भएको हो । बैंकले ठमेल, पाटन, न्यूराेड, महाराजगञ्ज, भक्तपुर, विराटनगर,भरतपुर विरगञ्ज, भैरहवा, बुटवल, नेपालगञ्ज, धनगढी र पाेखरा शाखाबाट सेवा दिने भएकाे छ ।

बैंकले लगातार तीन दिन सार्वजनिक विदा भएमा बैंकिङ सेवाका सम्बन्धमा राष्ट्र बैंकको निर्देशन लागु हुने जनाएको छ ।