NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ८ गते

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, दुई अर्ब ३२ करोडको कारोबार

काठमाडाैं ।  कारोबारको पहिलो दिनदेखि लगातार बढेको नेप्से अन्तिम कारोबार दिन भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.६४ अंकले घटेर २३५०.४२ विन्दुमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७० अंकले घटेर लागेर ४५३.९६ अंकमा पुगेको छ  । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कारोबार भएका १३ वटा उपसमूहमध्ये उत्पादन र अन्यको सेयर मल्यमालवृद्धि भएको छ । उत्पादन १.४६ र अन्य ०.४१ अंकले उकालो लागेको छ । आज घटेका उपसमूहरमा बैंकिङ ०.११, व्यापार १.४१, होटल तथा पर्यटन १.१५, विकास बैंक २.१४, जलविद्युत् १.९५, वित्त ०.५६, निर्जीवन बीमा ०.८, लघुवित्त १.५३, जीवन बीमा २.१२, सामूहिक लगानी कोष १.१६ र लगानी १.७६ अंकले घटेको छ ।

कारोबारका आधारमा शिभम् सिमेन्टको सबैभन्दा बढी ११ करोड १० लाख ६७ हजार ४१८ रूपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै राधी विद्तुत कम्पनीको ८ करोड १० लाख ३४ हजार ९५७ रूपैयाँको कारोबार भएको छ ।

नेप्से घटेपनि आज जाल्पाको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष