NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

थप ४ जनामा कोरोना पुष्टि, १७३ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप चार जनालाई कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८१७ जनाको परीक्षण गर्दा उक्त चार जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दुई हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको हाे । त्यस्तै एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । त्यस्तै खोप लगाउनेको संख्या २१ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।