NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रदेश १ र लुम्बिनीमा हल्का वर्षा, अन्यत्र बदली

मौसमविद् भन्छन्– दिउँसो देशभर हल्कादेखि मध्यम वर्षा हुनसक्छ

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन शुक्रबार देशका विभिन्न भागमा वर्षा भएका छन् । पानी नपरेको स्थानमा भने अहिले सामान्यदेखि आंशिक बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले लुम्बिनी र प्रदेश १ का एक–दुई स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ ।

वर्षापछि त्यहाँको मतदान कार्य सामान्य रूपमा प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै वर्षा हुने प्रक्षेपण गरेकाले निर्वाचन आयोगले मतदान स्थलमा पाल जुगाड गर्न निर्देशन दिएको थियो ।

मौसमविदका अनुसार, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा दिउँसो मेघ गर्जन, चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका पनि थोरै स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा दिउँसो सामान्य बदली रहनेछ ।

प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।