NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

हुम्लामा झडप, मतदान अधिकृतसहित तीन घाइते

काठमाडौं । हुम्लाको मतदान केन्द्रमा झडप भएको छ । झडपमा मतदान अधिकृतसहित दुई घाइते भएका छन् ।

जिल्लाको चंखेली गाउँपालिका–२, स्थित महादेव मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेर तितरवितर पारेको छ ।

झडपमा परी घाइते हुनेहरूमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, एक कार्यालय सहयोगी र स्थानीय महिला छन् ।