NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

काभ्रेको चौंरीदेउरालीकाे मतदान केन्द्रमा मतपेटिका तोडफोड

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा मतपेटिका फुटाइएकाे छ ।

नेकपा एमाले नेतृ नविना लामाले फेसबुकमा स्ट्याटस लेख्दै त्यहाँ गठबन्धनले मतपेटिका फुटाएको जनाएकी छन् ।

उनले कातिके देउराली वड़ा न ६ मा गठबन्धनले मत पेटिका फ़ुटाएको र एमालेका एक कार्यकर्ता घाइते भएकाे जनाएकी छन् ।

एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि त्यहाँ विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तनावपछि सर्वदलीय बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको बताइएको छ ।