NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

१५ स्थानमा मतदान स्थगित

काठमाडौँ । निर्वाचन आयोगले देशका विभिन्न १५ स्थानमा अहिलेसम्म मतदान कार्य स्थगित भएको जनाएको छ ।

झडप, विवाद र मतदान केन्द्र तोडफोड जस्ता उच्छृङ्खल कार्य हुँदा १५ स्थानमा निर्वाचन स्थगित भएको हो ।

अहिलेसम्म रामेछापको शैलुङ, दोलखाको बैतेश्वर, हुम्ला, सप्तरी लगायतका ठाउँहरुका १५ निर्वाचन स्थलको निर्वाचन स्थगित भएको छ ।

यस्तै रौतहटको कटौवामा पनि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर चलाएको छ ।

यस्तै काभ्रेको चौंरीदेउरालीमा मतपेटिका नै तोडफोड भएको छ ।