NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महोत्तरीको महावीर मतदान केन्द्रमा झडप

महोत्तरी । महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर ५ मा रहेको महावीर मतदान केन्द्रमा झडप भएको छ ।

मतदाता नामावली विवरण रुजु गर्ने विषयमा दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । झडपका कारण केही समय स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।