NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

८३४ सवारीसाधन प्रहरी नियन्त्रणमा

काठमाडौं । मतदान चलिरहेको बेला अनुमति नलिइ चलेका ८३४ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ११ बजेसम्ममा काठमाडौंमा मात्र ८३४ सवारी नियन्त्रणमा लिइएको हो ।

ट्राफिकका प्रवक्ता बालनरसिंह राणाले नेपालवाचलाई दिएको जानकारी अनुसार सवारी साधनलाई ‘होल्ड’ गरिएको भए पनि चालकलाई भने छोडिएको छ ।

एम्बुलेन्स, खाद्यान्नलगायतका अत्यावश्यक सवारी साधनलाई चलाउने अनुमति दिइएको छ । अन्यले अत्यावश्यक भए पास बनाएर सवारी चलाउन पाउँछन् ।