NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

११३ वर्षीया वृद्धाद्वारा मतदान

दमाैली । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि मतदान गरेकी छिन् ।

पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

वि.स १९६६ भदौ ६ गते जन्मेकी पाेखरेलले आफन्तको सहयोगमा मतदान गरेकी हुन।

मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन । मतदानका लागि परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल मतदान केन्द्रसम्म पुगेकी थिइन ।