NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

गोविन्दराज जोशी पुत्र दीपकराज तनहुँमा कुटिए (भिडियोसहित)

काठमाडौं । कांग्रेस नेता गोविन्दराज जोशीका पुत्र तथा तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशी कुटिएका छन् ।

ब्यास नगरपालिका–८ स्थित मतदान केन्द्र निरीक्षणका लागि पुगेका उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेका हुन् । ब्यास नगरपालिका–८ कांग्रेस नेता रामचन्द्र पौडेलको गृहनगर हो ।

कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।

उनी स्वतन्त्र रूपमा ब्यास नगरपालिकाको मेयरको प्रतिस्पर्धामा छन् । कैंची चुनाव चिह्न पाएका उनलाई एमालेको साथ छ ।

कांग्रेस नेता गोविन्दराज जोशीले आफ्नो ज्यान लिने प्रयासस्वरूप आफ्नो छोरामाथि आक्रमण भएको प्रतिक्रिया दिएका छन् ।

‘ब्यास ८ मा दीपक राज जोशी माथी काङ्ग्रेस कार्यक्रमले ज्यान लिने प्रयास सहित आक्रमण गरेका छन्,’ सामाजिक सञ्जाल फेसबुकमा जोशीले लेखेका छन् ।
पाैडेलमाथि कुटपिट भएपछिकाे भिडियाे :