NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कांग्रेस कार्यकर्ताले मेरा छोराको ज्यान लिने प्रयास गरे : गोविन्दराज जोशी

काठमाडौं । पूर्व कांग्रेस पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीमाथि कुटपिट भएको छ । तनहुँको ब्यास ८ मा जोशीमाथि कांग्रेस कार्यकर्ताले ज्यान लिने प्रयासस्वरुप कुटपिट गरेको बाबु गोविन्दराज जोशीले जनाएका छन् ।

‘ब्यास ८ मा दीपक राज जोशी माथी काङ्ग्रेस कार्यक्रमले ज्यान लिने प्रयास सहित आक्रमण गरेका छन् ।’ सामाजिक संजाल फेसबुकमा जोशीले लेखेका छन् ।

जोशी पुत्र दीपक ब्यास नगरपालिका कैंची चिन्हबाट एमालेको समर्थनमा मेयरमा उठेका छन् । मतदान केन्द्र निरीक्षण गर्न जाने क्रममा जोशीमाथि आक्रमण भएको हो । उनले नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि कुटपिट भएको संचारमाध्यमलाई जनाएका छन् । टाउकाेमा गम्भीर चाेट लागेकाे जाेशीले बताएका छन् ।

पाैडेलमाथि कुटपिट भएपछिकाे भिडियाे :

 

तनहुँमा कुटिए गोविन्दराज जोशी पुत्र दीपकराज